नियम ३४
साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने
(१) ऐनर्को े दफा १२ को उपदफा (४) बमोजिम सर्वसाधारणले निजी प्रयोगको निमित्त उपयोग गरी आएको प्रचलनमा प्रतिकूल असर नपर्ने गरी निर्माण कार्यको प्रयोगमा आउने साधारण माटो, ढुंगा र बालुवा जस्ता साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्य गर्न चाहने व्यक्तिले सोको अनुमतिपत्रको लागि अनुसुची–
१२ बमोजिमको ढा“चामा सम्बन्धित जिल्ला विकास समिति समक्ष निवेदन दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि उक्त निवेदन जिल्ला विकास समितिले निवेदकको माग बमोजिम साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्य गर्न अनुमतिपत्रि दिने वा नदने भन्ने सम्बन्धमा जा“चबुझ गरी सिफारिश गर्न नियम ३५ बमोजिमको समिति समक्ष पठाउनेछ ।